निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा गरे ३ अर्ब ६४ करोडको व्यापार

निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा गरे ३ अर्ब ६४ करोडको व्यापार



काठमाडौं-नेपाल बीमा प्राधिरकणको तथ्याङक अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले साढे ३ अर्ब बढी कूल बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा २ लाख ४५ हजार ५६० वटा बीमा पोलिसी विक्री गरी ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

एक महिनामा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ८२ करोड ३० लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३७ करोड १० लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३६ करोड २८ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २९ करोड १२ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले २८ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २४ करोड ४९ रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २२ करोड ३७ रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्सयोरेन्सले २२ करोड ३ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले २१ करोड २१ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १८ करोड ४७ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १२ करोड ९ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १२ करोड ९ लाख, प्रभु इन्स्योरेन्स कम्पनीले ११ करोड ६८ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्सले ६ करोड ६९ रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।