सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता रहेको तथ्य प्रमाण भेटिएन : आईजीपी कुँवर

सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता रहेको तथ्य प्रमाण भेटिएन : आईजीपी कुँवर


काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी अनियमितामा गृहमन्त्री रवि लामिछानेको संलग्नता भएको तथ्य प्रमाण नभेटिएको बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसद दिलेन्द्र बडूको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

जवाफ दिने क्रममा उनले भने, ‘ठाडो उजुरीको रुपमा जुन इस्यु आयो, दर्ता भएर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन ।’

उनले सुर्यदर्शन सहकारी ठगी प्रकरणमा हालसम्म ५ जना पक्राउ परेको र १५ जना फरार रहेको जानकारी दिए ।