काठमाडौं- डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अर्थात् बुधबार अन्तिम दिन रहेको छ। लघुवित्तले चैत १५ गते अथात् भोलि साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्ने गर्दैछ।
त्यसैले लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्ने हुन्छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
सो लाभांश पारित गर्न लघुवित्तले चैत २५ गते साधारण सभा बोलाएको छ। सभा चितवनको सौराहामा रहेको पार्क सफारी रिसोर्टबाट बिहान १० बजे सुरु हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया