लाभांश बिना नै साधारण सभा गर्दै आरम्भ चौतारी लघुवित्त

लाभांश बिना नै साधारण सभा गर्दै आरम्भ चौतारी लघुवित्त


काठमाडौं- आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश बिना नै वार्षिक साधारण सभा चैत ३० गते बोलाएको छ। सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबको विषयमा छलफल हुनेछ। 

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ। साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ। 

सभा प्रयोजनका लागि कम्पनीले चैत २१ गते बुक क्लोज गर्ने भएको छ। सभा बनेपा पार्टी भेन्यु, बनेपा-८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ।