माउन्टेन इनर्जी नेपालले गर्यो १५ प्रतिशत लाभांश पारित

माउन्टेन इनर्जी नेपालले गर्यो १५ प्रतिशत लाभांश पारित


काठमाडौं- माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १५.७९ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको हिजो भएको १०औं वार्षिक साधारणसभाले लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ७९ प्रतिशन नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभा र लाभांश प्रयोजनका लागि कम्पनीले फागुन ३० गते एक दिन बुक क्लोज गरेको थियो । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ रहेकाे छ ।