नेपाल र कोरिया बीच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र जीएलएन इन्टरनेशनल बीच समझदारी

नेपाल र कोरिया बीच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र जीएलएन इन्टरनेशनल बीच समझदारी


काठमाडौं– फोनपे नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक र जीएलएन इन्टरनेशनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी मिलेर नेपाल र कोरिया बीचको क्रस–बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बन्धमा एमओयु हस्ताछर भएको छ ।

यस एमओयुको आधारमा दुई कम्पनीले नेपाल र कोरिया बीच क्रस–बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाभ्यतामा काम गरिने लेखिएको छ । फोनपे र जीएलएनको यो सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरुले नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने छन् । कोरियाबाट नेपाल आउने जीएलएन प्रयोगकर्ताहरूले हाना वानक्यू, केबी वालेट, आइएमब्याङ्क टोस, हाना मनी र जीएलएन एप जस्ता बैंकिङ्ग एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा रियलटाइन पेमेन्ट भुक्तानी सेवाहरू प्रयोग गर्न सक्छन् ।

विश्वभरी क्रस–बोर्डर भुक्तानी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप जीएलएन र फोनपेसँग यो सहयोगी यात्रामा म उत्साहित छु’ जीएलएनका कार्यकारी अधिकृत (सीईओ) क्युघो किमले भने, ‘यो पार्टनर्सिपले हाम्रो नयाँ क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धतालाई आयम थपेको छ । त्यसै परस्पर सीमाहरू बीच इनोभेटिभध पेमेन्ट सोलुसन प्रदान गर्ने हाम्रो मिशनलाई पनि सार्थक तुलाएको छ ।’

साथै फोन पेका सीईओ दिवस कुमारले भने, ‘हामी जीएलएनसँग सहकार्य गरेर हाम्रो सेवालाई कोरियाली पर्यटकहरुमा विस्तार गर्न उत्साहित छौं र हालको समयमा हाम्रो अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफल भएका छौं । यस सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नेछ । वित्तीय समावेशीता बढाउन तथा नेपाललाई एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा पनि सहयोग पुर्याउनेछ।’