वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई लाखौं ठग्ने पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई लाखौं ठग्ने पक्राउ


काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा शहीद लखन गाउँपालिका–८ घर भई काठमाडौं टोखा नगरपालिका–९ बस्ने २८ वर्षीय समिर राज वाग्ले र रूकुम चौरजहारी नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय खड्क बहादुर भण्डारी रहेका छन् ।

उनीहरुमध्ये समिरले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै पीडितबाट १ लाख ५० हजार रूपैयाँ ठगी गरेको र खड्क बहादुरले रोमानिया पठाईदिन्छु भन्दै ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले समिरलाई काठमाडौं मनमैजु र खड्क बहादुरलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरेको थियो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।