आइएमई पे मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५०० सम्म बोनस

आइएमई पे मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५०० सम्म बोनस


काठमाडौं– नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले मनीग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेबाट सुरु भएको सो अफर दुई महिनासम्म रहने छ ।

यो अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनीग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ बोनस सम्म पाउन सक्नेछन् ।

मनी ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने पेले जनाएको छ । आइएमई पे’मार्फत संसार को कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।