सुन तस्करी प्रकरणः विभागीय कारबाही सिफारिसबारे अध्ययन समिति गठन

सुन तस्करी प्रकरणः विभागीय कारबाही सिफारिसबारे अध्ययन समिति गठन


काठमाडौं– अवैध सुन तस्करीमा अनुसन्धान गरी सिफारिस गर्न गठित जाँचबुझ आयोगले गरेका विभागीय कारबाही सम्बन्धी सिफारिसबारे अध्ययन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।

नेपालमा पटक पटक भइरहेको अवैध सुन तस्करीबारे जाँचबुझ गर्न सरकारले असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय जाँचबुझ अयोग गठन गरेको थियो।

२०७९ पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विद्युतीय सिगरेट (भेप) भित्र नौ केजी र गत साउन २ गते विमानस्थल राजस्व अनुसन्धान विभागले ब्रेक सुभित्र लुकाएर ल्याएको अवस्थामा बरामद गरेको ६० केजी तस्करीको सुनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरेको थियो।