माछापुच्छ्रे बैंकले राख्यो ११ लाख बढी कित्ता शेयर बिक्री

माछापुच्छ्रे बैंकले राख्यो ११ लाख बढी कित्ता शेयर बिक्री


काठमाडौं माछापुच्छ्रे बैंकले आफ्नो ११ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापकहरु गणेशबहादुर श्रेष्ठको १० लाख ५६ हजार ९१७ कित्ता र दीपकराज दलीको ५९ हजार ६५६ कित्ता शेयर बिक्रीमा राखेको हो।

यसअघि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि खुला गरिएको उक्त कित्ता तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिएको हो ।

यो कित्ता खरिदका लागि इच्छुक लगानीकर्ताले ७ दिनभित्र खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ।