काठमाडौं– विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) को अवसरमा कामना सेवा विकास बैंकले बिहीबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
सोही कार्यक्रम अन्तर्गत बैंकले अमलटारी, पोखरामा इको टुरिजम कृषि समुह तथा इको टुरिजम युथ क्लबको सहर्कायमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा क्लबका अध्यक्ष र क्लबका ४० जना भन्दा बढी सदस्यहरुको सहभागीतामा बैंकका कवासोती शाखा प्रमुख हरि प्रसाद सापकाोटा तथा डण्डा शाखा प्रमुख टिकाराम अधिकारीले प्रस्तुतिकरण गरेका थिए । बैंकङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोबारको जानकारी होस् भन्ने हेतुले उक्त कार्यक्रम गरिएको थियो ।
बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैंकिङ्ग कारोबारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकाले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरुको भनाइ रहेको थियो ।
विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने अर्गनाइजेसन अफ इकोनोमिक कप्रेसन एण्ड डेपलोपमेन्ट (ओएसीडी) को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गदैंछ ।
प्रतिक्रिया