बैंकमा एक महिलासहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य नियुक्त गर्नुपर्ने

बैंकमा एक महिलासहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य नियुक्त गर्नुपर्ने


काठमाडौं– बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने प्रस्ताव पेस भएको छ। बिहीबार अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ (बाफिया) संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो ।

उक्त ऐनको दफा १७ अनुसार योग्यता भएको व्यक्ति मध्येबाट कम्तीमा एक जना स्वतन्त्र सञ्चालक नियुक्त गरी त्यसको जानकारी नियुक्तिपछि बस्ने पहिलो साधारणसभामा दिनुपर्ने व्यवस्था थियो । त्यसलाई संशोधन गर्दै कम्तीमा एक महिला सहित दुई जना स्वतन्त्र सञ्चालक अनिवार्य नियुक्त गर्नुपर्ने गरी काफियामा संशोधन प्रस्ताव गरिएको हो ।

यस्तो छ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ (बाफिया)संशोधन गर्न बनेको विधेयक