बैंकमा बढ्दै तरलता, घट्दै कर्जा लगानी

बैंकमा बढ्दै तरलता, घट्दै कर्जा लगानी


काठमाडौं– नेपाल राष्ट्र बैंकको चैत ६ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ८८ अर्ब निक्षेप संकलन भएको छ । चैत ५ गते ६१ खर्ब ८५ अर्ब निक्षेप रहेकोमा एकैदिन ३ अर्बले निक्षेप बढेको केन्द्रिय बैंकको तथ्यांकले देखाउँछ ।

बैंकको तथ्यांकअनुसार गत मंगलबारसम्म कुल कर्जा प्रवाह ५० खर्ब ८२ अर्ब भएको छ । जसमध्ये वाणिज्य बैंकले ४४ खर्ब ४५ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको तथ्यांकले ५ गते भने ५० खर्ब ८३ अर्ब कर्जा प्रवाह भएको देखाएको छ । सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ७९.७३ कायम भएको छ ।

सोमबार ७९.७८ रहेको सिडि रेसियो मंगलबार ०.०५ ले घटेर ७९.७३ पुगेको हो । त्यस्तै, केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर २.४० प्रतिशत रहेको देखाएको छ । सोमबार भने अन्तरबैंक ब्याज २.४३ प्रतिशत रहेको थियो ।