मेगा बैंकको सिइओलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

मेगा बैंकको सिइओलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’


बैंकिङ समाचार । मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्डबाट सम्मानित भएकि छिन्।

नेपाल व्यवस्थापन संघ (म्यान)ले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई यो सम्मान प्रदान गरेको हो। शुक्रबार उपराष्ट्रपति नन्दकिशोर पुनले सिइओ खुञ्जेलीलाई अवार्ड प्रदान गरेका हुन्। ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर हुन्।

अवार्डबाट सम्मानित भएपछि सिइओ खुञ्जेलीले उक्त अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारीलगायतको विश्वासका रुपमा लिएको बताइन्।

खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन्। ९ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकि खुञ्जेलीले गत वर्ष वैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिन्।

उनको नेतृत्वमा यो अवधिमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएको बैंकको भनाइ छ।
सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकि खुञ्जेलीसँग २८ वर्षको बैंकिङ करिअरको अनुभव छ।