रमेश कर्पले गर्यो वृक्षारोपण


काठमाडौं– रमेश कर्पले सोमबार आफ्ना संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मजयन्तीको अवसरमा उनाँको स्मृति र सामाजिक उत्तरदायित्व प्रतिको प्रतिबद्धतालाई सम्मान गर्दै वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको जगडोलमा वृक्षारोपण कार्यक्रम रमेश कोर्पका ६ आधारभूत मूल्यहरूः निष्ठा, अभियन्ता, साहस, गति, विश्वसनीयता र व्यावसायिकतालाई केन्द्रित गर्दै मनाइएको हो ।

हरेक वर्ष स्वर्गीय गुप्ताको संस्थालाई सम्पदा जस्तो गरी विकास गर्ने मूल्यमान्यतालाई स्मरण गर्दै यस दिनलाई वार्षिक अवसरको रूपमा सामाजिक सेवा गरेर मनाउने गरिएको कम्पनीले बताएको छ।

कार्यक्रमकै अवसरमा कम्पनीका कर्मचारीहरुको लगाव र कार्यकुशलताको उचित सम्मान पनि गरिएको थियो । कार्यक्रमको क्रममा कम्पनीसँंग लामो समयसम्म संलग्न भएका सबै कर्मचारीहरुलाई, उनीहरूको समर्पण र कार्यसम्पादनको लागि सम्मान पनि गरिएको थियो । जसले यस कम्पनीको मूल सिद्धान्तहरूलाई समर्थन गर्ने संस्कृतिलाई मन्यता दिएको छ।

नेपालको प्रतिष्ठित व्यवसायीक संस्थाहरु मध्ये एक रमेश कर्पले दिगो विकास, सामाजिक उत्तरदायित्व, सहभागीता र उत्कृष्टतालाई संस्कारको रुपमा विकास गर्दै आएको छ । साथै वृक्षारोपण कार्यक्रम तथा कर्मचारीको उचित मुल्याङ्कन र सम्मान जस्ता कार्यक्रमले रमेश कर्पले आफ्नो वातावरण र समाजप्रतिको दायित्वबोधलाई निरन्तरता दिदै आएको छ।