राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती सम्पर्क विहीन


काठमाडौं – आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती बेपत्ता भएका छन् । नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागको सचिव समेत रहेका उप्रेती बिना जानकारी बेपता भएका हुन् ।

उनी अध्यक्ष रहेको यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा ११ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप रहेको छ।

हाम्रो सगरमाथा आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, घेदुङ बहुउद्देश्यीय सहकारी संस्थालाई मर्ज गरी आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको नाममा कारोबार हुँदै आएको थियो ।मर्ज पछि पनि सहकारी सङ्कटमुक्त हुन सकेको थिएन ।