काठमाडौं– कुमारी बैंकले ग्लोबल मनी विकको अवसरमा रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुरु गरेको छ । बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको हो ।
प्रयोगकर्ता अनुकूल रहेको क्क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ्ग निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्ने बैंकले जनाएको छ । यस क्याल्कुलेटरमा उन्नत एल्गोरिदमहरू प्रयोग गरी बचतकर्ताले निक्षेपको समयावधी र रकम मात्र राखेर यसबाट निश्चित भविस्यमा जम्मा हुन सक्ने बचत, सो बचतबाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावनाहरु अनुमान गर्न सक्नेछन् ।
बैंकले रिकरिङ्ग निक्षेप योजनामा जोडिन प्रोत्साहन गर्नुका साथै बैंकको वेबसाइटमा अन्य धेरै डिजिटल उपकरणहरु जस्तैः इÞ एमÞ आइÞ क्याल्कुलेटरहरु पनि उपलब्ध भएको बताएको छ । रिकरिङ्ग निक्षेप क्याल्कुलेटर निः शुल्क प्रयोग गर्न तत्कालको लागि कुमारी बैंकको वेबसाइटमा जान सकिन्छ भने मोबाइल एपमा पनि यो सुविधा छिटै उपलब्ध हुने बैंकले जनाएको छ ।
ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो जसले युवाहरुलाई सानै उमेर देखी आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरुको पहिचान र सो समाधानका उपायहरु सिकाउने गर्दछ भने कुमारी बैंक लिमिटेड पनि यस अभियानमा जोडिएको छ ।
Link for Financial Goal Calculator: https://www.kumaribank.com/goal-calculator



About Us
प्रतिक्रिया