मानुषी लघुवित्तको साधारण सेयर आजबाट, सर्वसाधारणको भागमा ३ लाख ६८ हजार ५९३ कित्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई आजबाट साधारण सेयर बिक्री खुला गरेको छ। कम्पनीले ३१ गतेसम्म सेयर बिक्री गर्ने छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँको सेयर बिक्री गरेको हो।संस्थाको अधिकृत पुँजी १० करोड ९३ लाख ७५ हजार रुफेयाँ छ। यसको ३६ प्रतिशत सेयर बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएकोमध्ये ५४६९ कित्ता कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गर्ने छ। बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले दावी गर्न पाउने छन्।

कम्पनीको सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्छ। बढिमा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।