अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको संख्या १३ हजार माथि


काठमाडौं– नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा हालसम्म उत्तीर्ण हुनेको संख्या १३ हजार नाघेको छ ।

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो।

हालसम्म १३ हजार ४ सय बढीले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्। चैत ४ गतेसम्म अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको संख्या १३ हजार ४५८ जना पुगेका छन् । प्राधिकरणले परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।