आठ महिनामा शेयर बजारबाट ३ अर्ब बढी पुँजीगत लाभकर संकलन


काठमाडौं– शेयर कारोबारबाट चालु आर्थिक वर्षको फागुन महिनामा ४४ करोड ९ लाख रुपैयाँ पूँजीगत लाभकर उठेको छ । फागुनमा दीर्घकालीन लगानीकर्ताले ११ करोड ६८ लाख रुपैयाँ र अल्पकालीन लगानीकर्ताले २५ करोड १० लाख रुपैयाँ लाभकर तिरेका हुन् ।

यसैगरी चालु आ.वको ८ महिनाको अवधिमा महिनामा ३ अर्ब २२ करोड ७० लाख रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको छ ।फागुन मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो ।

जुन गत आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिको भन्दा ८४.०३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा शेयर बजारबाट १ अर्ब ७५ करोड ४ लाख रुपैयाँ संकलन भएको थियो ।