‘बालबालिकालाई सानै उमेरदेखि पैसाको व्यवस्थापन गर्न सिकाउन आवश्यक छ’


काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बालबालिका तथा युवाहरुलाई सानै उमेरदेखि बचत ,लगानी र पैसाको व्यवस्थापन गर्न सिकाउनु आजको मुख्य आवश्यकता रहेको बताएका छन् । आजबाट सुरु भएको ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंक द्वारा आयोजित कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले सो भनाइ राखेका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘बालबालिका तथा युवाहरुलाई सानै उमेरदेखि बचत ,लगानी र पैसाको व्यवस्थापन गर्न सिकाउनु आजको मुख्य आवश्यकता हो।’