काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल मनि विकको अभियान सुरुवाती चरणबाटै सक्रिय रहेको बताएका छन् । ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यो अभियानलाई अझ विस्तारित गरिने पनि बताएका हुन् ।
साथै गभर्नर अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना रहेको पनि औंल्याए । साथै उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता वित्तीय जागरणका रुपमा सेलेवसमा पनि राख्नको लागि समन्वय भइरहेको पनि बताए ।
आजबाट ग्लोबल मनी वीक २०२४ सुरु भएको छ । ग्लोबल मनी विक ओईसीडि बित्तिय शिक्षाको लागि अन्तर्राष्ट्रिय सञ्जालले मार्च १८ –२४ मार्च सम्म बिश्वब्यापी रूपमा रुपमा आयोजना गर्ने साप्ताहिक कार्यक्रम हो।
सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ । यो बालबालिका र किशोर किशोरीहरुमा वित्तिय शिक्षाको महत्व बारे जागरण ल्याउने उदेश्यले मनाइने एउटा अभियान हो । यस वर्षको ग्लोबल मनी वीकको नारा ‘प्रोटेक्ट युअर मनी, सेक्योर योर फ्युचर’ रहेकाे छ ।



About Us
प्रतिक्रिया