१८ अर्ब ३० करोडको ट्रेजरी बोलकबोल गदैं राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले चैत ५ गते १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलबोलकबोल गर्ने भएको छ । चैत ६ गते मंगलबार जारी गर्नेगरी राष्ट्र बैंकले २८ दिने, १८२ दिनेर ३६४ दिनेगरी तीन किसिममा कूल १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म ट्रेजरीका लागि अनलाइन आवेदन दिन सक्नेछन् । बैंकको सूचनाअनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्टयाइएको छ भने १८२ दिने ट्रेजरीका लागि ४ अर्ब ३० करोड रुपैयाँ र ३६४ दिनेका लागि ९ अर्ब रुपैयाँ छुट्याइएको छ ।उक्त ट्रेजरीको बोलकबोल आज दिउँसो ३ बजे हुनेछ ।