एनआईसीको खुलामुखी योजनाको लाभांश वितरणको लागि बुक क्लोज मिति तय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया क्यापिटलले संचालन गरिरहेको खुलामुखी योजनाको लाभांश वितरणको लागि बुक क्लोज मिति तय भएको छ। क्यापिटलले आफ्नो खुलामुखी योजना एनआईसी एसिया डेप्थ फण्डको लाभांश बितरणको लागि बुक क्लोज मिति तोकेको हो । 

क्यापिटलले एनआईसी एसिया डेप्थ फण्डको लाभांश बितरणको लागि साउन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन २७ गतेसम्म कायम इकाईधनीले  एनआईसी एसिया डेप्थ फण्डको लाभांश पाउँन सक्ने छन्  ।

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाई धनीहरुलाई १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा क्यापिटलले गरिसकेको छ ।  एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुले भने ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल पाउने भएका छन् ।