जलविद्युत र विकास बैंकमा आकर्षण बढ्दा १४ अर्ब माथि कारोबार

जलविद्युत र विकास बैंकमा आकर्षण बढ्दा १४ अर्ब माथि कारोबार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार जलविद्युत र विकास बैंकमा लगानीकर्ताको आकर्षण बढ्दा कारोबार रकम १४ अर्ब ३० करोड नाघेको छ । यसदिन जलविद्युतको सूचक ३.३३ र विकास बैंक सूचक १.३२ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा पनि शीर्ष दश ठूलो कारोबार सबै जलविद्युत कम्पनीका रहेका छन् । अपि पावरको सर्वाधिक ८१.८५ करोडको शेयर कारोबार भएको छ भने अरुण भ्याली र युनिभर्सल पावरको पनि ५० करोड बढीको शेयर कारोबारमा आएको छ । ङादी ग्रुप पावर, बुटवल पावर, राधी विद्युत कम्पनी, अरुण काबेली पावर, सानिमा माइ हाइड्रोपावर, अपर तामाकोशी र सिनर्जी पावरको सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ ।

यसदिन सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अपि पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त, ङादी ग्रुप पावर, युनियन लाइफ, र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यसैगरी बुटवल पावर, नेपाल फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको मूल्य पनि ८.३३३ प्रतिशतभन्दा धेरै बढेको छ ।

उता आइतबार लघुवित्त र बीमा कम्पनीहरुको शेयरमूल्य भने घटेको छ । यसदिन एनआईसी एशिया डिबेञ्चर ८३।८४, गुराँस लघुवित्त, महिला लघुवित्त, सबैको लघुवित्त, कालिका माइक्रोफाइनान्सको मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस्तै एनएलजी इन्स्योरेन्स, वोमी माइक्रोफाइनान्स, बोटलर्स नेपाल तराई, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ र स्वरोजगार लघुवित्तको शेयरमा लगानी गरेकाले पनि २ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।

आज नेप्से ०.६६ अंकले बढेर ३१०८.१२ अंकमा बन्द भएको छ । दिनभर २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर १ लाख २६ हजार ९२४ वटा संख्याबाट १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

कारोबारमा आाएका १३ मध्ये निर्जीवन बीमाको सूचक सर्वाधिक १.३८ प्रतिशतले घट्दा लघुवित्त १.२७, र होटल पर्यटन सूचक १.०६ प्रतिशतले घटेका छन् । ब्यमपार, अन्य, जीवन बीमा र लगानी सूचक सामान्य घटेका छन् । फाइनान्स, उत्पादन, म्युचुअल फण्ड, र बैंकिङ्ग सूचक सामान्य सकारात्मक रहेका छन् ।