काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १०.६२ अंकले घट्दै २,०७० को विन्दुमा पुगी बन्द भएको छ ।
नेप्से घटेसँगै आज ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँ पुगेको छ ।
यस्तै आज ८४ कम्पनी नाफामा गएका छन् भने १५० कम्पनी घाटामा छन् । १० कम्पनीको कारोबार भने स्थिर छ ।



About Us
प्रतिक्रिया