विकास बैंकहरुलाई निर्धक्क भएर काम गर्न मन्त्री पुनको सुझाव


काठमाडौं– नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले विकास बैंकहरुलाई कुनै पनि खराब मनसाय नराखी काम गर्दा सरकारले पूर्णरुपमा सहयोग गर्नेप्रतिवद्धता जनाएका छन् ।

विकास बैंकका पदाधिकारी र मन्त्री पुनबीचको भेटघाट कार्यक्रममा पुनले सो प्रतिवद्धता जनाएका हुन । यसैगरी अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको विकासका लागि विकास बैंकहरुले पुर्याएको योगदानको प्रशंसा समेत गरे ।

कार्यक्रममा एसोसियसनका पदाधिकारीलेविकास बैंकहरुको हालको समस्या र चुनौतीहरुका बारेमा समेत जानकारी दिएका छन् ।