बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पीएचडी गरेका पौडेल काठमाडौं विश्वविद्यालयमा भिजिटिङ एसोसिएट प्रोफेसरका रूपमा अध्यापनरत छन्। उनले अन्तर्राष्ट्रिय श्रम संगठनलगायतका संस्थामा अर्थविद्का रूपमा काम गरिसकेका छन्।
त्यस्तै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा माओवादीको सिफारिसमा अमिक शेरचन र गण्डकीमा कांग्रेसको सिफारिसमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।






About Us
प्रतिक्रिया