काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।राष्ट्रिय सभामा मंगलबार भएको निर्वाचनमा ३९ मत प्राप्त गरी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार सांसद दाहाल सो पदमा निर्वाचित भएका हुन् ।
काँग्रेस सांसद युवराज शर्माले भने त्यहाँ कायम रहेको ५६ मतमध्ये १७ मत पाएका थिए।नवनिर्वाचित अध्यक्ष दाहालमाथि प्रधानमन्त्री पुष्पकमल दाहालको नातेदार भएकाले अध्यक्ष पद प्राप्त गरेको भन्दै आलोचना हुने गरेको छ ।
नवनिर्वाचित अध्यक्ष दाहाललाई राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले बधाई तथा कार्यकालको पूर्ण सफलताको कामना समेत गरे ।



About Us
प्रतिक्रिया