काठमाडौं– नेकपा(एमाले)की सांसद भगवती न्यौपानेले देशलाई सबै समस्याबाट मुक्त पार्दै समृद्धिको खाका कोर्न सत्ताको समिकरण बदलिएको बताएकी छिन् । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद न्यौपानेले विगतको गठबन्धनले देशको समस्यालाई सम्बोधन गर्न नसकेका कारण नयाँ गठबन्धन बनाउनु परेको बताइन् ।
उनले विगतको गठबन्धन विचारको निकटताको आधारमा नभएकाले विचारको निकटता हुनेहरुको गठबन्धन बनाउनुपर्ने दबाब रहेको बताइन्। साथै उनले देशमा समृद्धिको खाका कोर्न सत्ताको समिकरण बदलिएको बताइन्।
उनले भनिन् – ‘यो भन्दा अगाडी अर्कै गठबन्धन थियो । त्यो गठबन्धनले यो देशका समस्याहरुलाई सम्बोधन गर्न सकेन । जनताको मुहारमा खुशीले स्पर्स दिन सकेन । त्यसैले देश दिन, प्रतिदिन संकटमा फस्दै गयो । संकटग्रस्त बन्दै गयो । त्यसैले समयले प्रेसर ग¥यो समिकरण बदल्नुपर्ने छ भनेर । किनभने त्यो समिकरण, गठबन्धन बिचारको निकटताको आधारमा भएको गठबन्धन थिएन । त्यसैले अब यो देशलाई सबै समस्याबाट मुक्त पार्नुपर्नेछ, त्यसको निम्ति देशमा समृद्धिको खाका कोर्नु पर्नेछ । समाजवादको आधारहरु निर्माण गर्नुपर्ने छ । समयले त्यही भन्यो र समिकरण बदलिएको छ ।’



About Us
प्रतिक्रिया