काठमाडौं– बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी प्रविण संग्रौला पक्राउ परेका छन् । प्रहरीले झापा बिर्तामोड नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका– ११ कपन बस्ने ४२ वर्षीय संग्रौलालाई शुक्रबार दिउँसो पक्राउ गरेको हाे ।
उच्च अदालत पाटनको २०८० बैशाख १५ गतेको फैसलाले बैंकिङ्ग कसूर मुद्दामा ७ दिन कैद, २१ लाख रूपैयाँ विगो बमोजिम जरिवाना र क्षतिपूर्ति शुल्क ८४ हजार रूपैयाँ भराउने सजाय ठहर भएका उनी फरार थिए ।
फरार रहेका संग्रौलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२१ सुन्धाराबाट पक्राउ गरेको हो। संग्रौलालाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ।



About Us
प्रतिक्रिया