स्रोत नखुलेको ३८ लाखसहित तीन जना पक्राउ


बाँके– नेपालगंज उपमहानगरपालिका–१ बाट स्रोत नखुलेको ३८ लाख ६३ हजार नेपाली रूपैयाँसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका–१ बस्ने २० वर्षीय अनुप थारू, बर्दिया बारबर्दिया नगरपालिका–२ बस्ने २५ वर्षीया पूर्णिमा चौधरी र बाँके नेपालगंज उपमहानगरपालिका–१६ बस्ने ३६ वर्षीय सहिब अहमद जसगड रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।