अन्तर्राष्ट्रिय

नेपालमा हरित हाइड्रोजन उत्पादनका लागि भारतको एल्कलाइन इलेक्ट्रोलाइजर अनावरण


काठमाडौं – नेपालको हरित हाइड्रोजनमा योगदान पुर्याउन चाहेको भारतको ग्रीनजो इनर्जी इण्डिया लिमिटेडले हरित हाइड्रोजन उत्पादनका लागि आवश्यक एल्कलाइन इलेक्ट्रोलाइजर औपचारिकरुपमै अनावरण गरेको छ ।

भारतको गुजरात राज्यका मन्त्रीहरुको सहभागितामा अनावरण गरिएको हो । सहभागीहरुले पर्यावरण र आर्थिकवृद्धिका लागि यो महत्वपूर्ण सावित हुने बताए ।एक मेगावाट हाइड्रोजन उत्पादन क्षमताको यो इलेक्ट्रोलाइजरले पानीबाट ग्रीन हाइड्रोजन बनाउँछ । भारतमा अहिले कार्बन उत्सर्जन गर्ने ग्यासबाट हाइड्रोजन बनाउने गरिएको छ ।

तर, यो इलेक्ट्रोलाइजरले हरित हाइड्रोजन उत्पादन गर्छ । यसले स्वच्छ वातावरणमा टेवा पुर्याउँछ । यो अनावरण भएसँगै ग्रीन हाइड्रोजन उत्पादनका लागि कोशेढुंगा सावित भएको छ ।

भारतमै हरित हाइड्रोजन उत्पादन गर्ने यो इलेक्ट्रोलाइजर पहिलो हो । ग्रीनजो इण्डिया लिमिटेडले २५० मेगावाट क्षमताको इलेक्ट्रोलाइजर बनाउन सुरु गरिसकेको छ । अहिले १ मेगावाट क्षमताको अनावरण गरिएको हो ।

गुजरात राज्यका उद्योगमन्त्री बलवंतसिंह राजपूतले अनावरण कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । एमएसएमई मंत्री जगदीश विश्वकर्मा, मुकेश पटेल पर्यावरणमन्त्री, हर्ष संघवी गृहमन्त्री मंगलबारको शोभायात्रा कार्यक्रममा सहभागी थिए ।

उनीहरुले भारतमै उत्पादन इलेक्ट्रोलाइजर यो क्षेत्रकै लागि सस्तो र किफायतीसँगै उपयोगी हुने बताएका थिए । गुजरातको सनान्दमा रहेको ग्रीन्जो इनर्जी इण्डिया लिमिटेडका संस्थापक एवं प्रबन्ध निर्देशक सन्दीप अग्रवालले आफ्नो समूहले एक मेगावाट उत्पाद गर्न सक्ने अल्कलाइन इलेक्ट्रोलाइजर बनाउनुलाई निकै महत्वपूर्ण ठानेका छन् ।

अग्रवालले भने, ‘यो पर्यावरण संरक्षणका लागि निकै महत्वपूर्ण हो ।’हरित हाइड्रोजन उत्पादनमा आवश्यक अल्कलाइन इलेक्ट्रोलाइजर बजारमा ल्याउँदै गर्दा नेपाल लगायतका मुलुकका लागि पनि फाइदा हुने प्रबन्ध निर्देशक अग्रवालले विश्वास दिलाए । नेपाल पनि यो अभियानमा जोडिनुपर्ने उनको तर्क थियो । ग्रीनजो इनर्जीले अहिले ५ मेगावाट हरित हाइड्रोजन उत्पादन गर्न सक्ने इलेक्ट्रोलाइजर बनाउँदैछ ।

पर्यावरणमा योगदान पुर्याउँदे आएको ग्रीनजो इनर्जीले सस्तो सुलभ इलेक्ट्रोलाइजर मात्र होइन नेपालमा हाइड्रोजन उत्पानका लागि पनि इच्छा देखाएको छ ।