मनकामना स्मार्टको आइपिओ भोलि बाँडफाँड हुने, कतिले पाउँछन्?

मनकामना स्मार्टको आइपिओ भोलि बाँडफाँड हुने, कतिले पाउँछन्?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।
मनकामना स्मार्ट लघुवित्तको आइपिओ भोलि सोमबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार साढे ९ बजे आइपिओ बाँडफाँड हुने भएको हो। 

कम्पनीले कुल ३ लाख ८९ हजार कित्ता सर्वसाधारण समूहको आइपिओ जारी गरेको हो। जसमध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड गरिनेछ। 

अर्थात पहिले ३६ हजार ३४९ जनालाई १० कित्ताका दरले बाँडफाँड गरिनेछ। तिमध्येबाटै १० भन्दा बढीका लागि आवेदन दिएका दुई जनाले थप १–१ कित्ता अर्थात कुल ११ कित्ताका दरले पाउने छन्। 

कम्पनीको आइपिओमा २० लाखभन्दा धेरैको आवेदन परेको छ। तसर्थ आवेदन दिएकामध्ये ९८. २ प्रतिशतको हात रित्तो हुनेछ। 

कम्पनीको आइपिओलाई इक्रा नेपालले डबल बी माइनस रेटिङ प्रदान गरेको छ। कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ६७.८९ प्रतिशत रहनेछ। कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा छ।

त्यस्तै प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८८ पैसा छ। २०७८र७९ मा कम्पनीको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ हुने अनुमान छ।  लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको यस लघुवित्तको प्रधान कार्यालय भैरहवामा छ।