काठमाडौं– बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ पुगेकाे छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार तेजावी सुन १ लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन १ लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।



About Us
प्रतिक्रिया