काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.८२ अंकले घटेर बजार २६ सयको बिन्दुबाट झरेर २५ सय ९८ दशमलव ८९ को बिन्दुमा बन्द भएको छ।
यससँगै, ३५२ कम्पनीको ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड २६ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
आज १०९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ त्यस्तै, १३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज घलेम्दी हाइड्रोको सबैभन्दा बढी शेयर कारोबार भएको । आज यस कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, पिपुल्स हाइड्रोपावरको २२ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.३७ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा बढी गुमाउनेमा सानिमा ग्रोथ फण्डका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.७८ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया