काठमाडौं – आज सिन्धु विकास बैकसहित ५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.८२ अंकले घट्दा समेत सिन्धु विकास बैंक, सयपत्री हाइड्रोपावर, घलेम्दी हाइड्रो, मैंलुङ खोला जलविद्युत कम्पनी र पिपुल्स हाइड्रोपावर लगायतका कम्पनीहरूको शेयर मूल्यमा उच्च वृद्धि आएको छ।
जसमा सिन्धु विकास बैंकका लगानीकर्ताले १४.३७ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, सयपत्री हाइड्रोपावरको ८.४१ प्रतिशत, घलेम्दी हाइड्रोको ७.३१ प्रतिशत, मैंलुङ खोला जलविद्युत कम्पनीको ५.२६ प्रतिशत र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउनेमा सानिमा ग्रोथ फण्डका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.७८ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया