जीवन विकास लघुवित्तको आईपिओ बुधबार बाँडफाँड हुने, १९ लाख आवेदकको हात खाली

जीवन विकास लघुवित्तको आईपिओ बुधबार बाँडफाँड हुने, १९ लाख आवेदकको हात खाली

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं 
असार ११ गतेदेखि १५ गतेसम्म निष्काशन भएको जीवन विकास लघुवित्तको साधारण शेयर असार २३ गते बुधबार बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले लघुवित्तको शेयर बुधबार बिहान बाँडफाँड गरिने जनाएको हो ।

आवेदक संख्या उच्च हुँदा लघुवित्तको आइपीओ ९ प्रतिशत आवेदकले मात्र पाउने भएका छन् । लघुत्तिको साधारण शेयरमा आवेदन गरेका १०० जना आवेदकमध्ये ९ जनाको दरले मात्र १० कित्ता शेयर पाउने भएका हुन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुने आईपीओ १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जना आवेदकले गोलाप्राथबाट शेयर पाउनेछन् ।

प्रारम्भिक तथ्याङ्क अनुसार आईपीओमा २० लाख ८४ हजार ७६२ वटा आवेदन परेको छ । यस अनुसार कुल आवेदकको ९१ प्रतिशत अर्थात १८ लाख ९९ हजार आवेदकको हात यो सार्वजनिक निष्काशनमा खाली हुनेछ ।

लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

कम्पनीले सर्वसाधारणबाट १८ लाख ४८ हजार १५ कित्ताका लागि माग गरेकोमा १६।९२ गुणा बढी माग परेको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार लघुवित्तको शेयरमा ३ अर्ब १२ करोड ६६ लाख २६ हजार २०० रुपैयाँ रुपैयाँको ३ करोड १२ लाख ६६ हजार २६२ कित्ता शेयर माग भएको छ । यो हालसम्मकै उच्च संख्या हो ।

कम्पनीको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गर्नेछन् भने ५ जनाले थप १ कित्ताका दरले शेयर पाउनेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्दछ ।