बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।
बैंकले १२ अर्ब बराबरको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १० गते, बिहीबार सेबाेनबाट अनुमति पाएकाे हाे । बैंकले सबै ऋणपत्र व्यक्तिगत रुपमा बिक्री गर्नेछ । बैंकले ४ प्रतिशत व्याजदर भएकाे ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । यसकाे अवधि ९ वर्ष रहेकाे छ ।
त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया