बैकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आज (बुधबार) कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ ।
नेप्सेका अनुसार कम्पनीको १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । कम्पनीको नौ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड- २०८७ नामक ऋणपत्र सूचीकृत भएको हो ।
बैंकले माघ २२ गते, बिहीबारबाट फागुन ६ गतेसम्म एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गरेको हो ।
प्रतिक्रिया