सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय ढिलो मितिसम्म लम्बियो

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय ढिलो मितिसम्म लम्बियो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) को ७५ करोड बराबरको ऋणपत्रमा आवेदन म्याद ढिला मितिसम्म लम्बिएको छ ।

बैंकले असार ६ गतेदेखि छिटोमा असार ९ गतेसम्म आवेदन दिन पाउनेगरी ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७” को निष्काशन गरेको थियो ।

उल्लेखित छिटो समयभित्र मागबमोजिम आवेदन परेपछि आवेदन दिने म्याद ढिलो मितिसम्म लम्बिएको हो । यद्यपी ढिलो मितिअघि नै ऋणपत्रमा मागभन्दा बढी आवेदन परेमा भने सार्वजनिक सूचना निष्काशन गरी निष्काशन बन्द गरिने जनाइएको छ ।

बैंकले असार ६ गतेदेखि प्रतिइकाई १००० रुपैयाँ दरमा ७ लाख ५० हजार इकाई ऋणपत्र जारी गरेको हो । कुल निश्कासन हुने डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्कासनको माध्मयबाट बिक्री खुला गरिएको छ ।

सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाईमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार युनिट भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ । दश वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् ।

बैंकको ऋणपत्रका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने श्री नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभूत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।