सिप्ला सेक्युरिटिजको ब्रोकर सदस्यता निलम्बन

सिप्ला सेक्युरिटिजको ब्रोकर सदस्यता निलम्बन


काठमाडौं– सिप्ला सेक्युरिटिजको ब्रोकर सदस्यता निलम्बन भएको छ ।

तोकिएको समयावधिभित्र राफसाफ तथा फर्छ्यौट कार्य नगरेकोभन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेक्युरिटिजको ब्रोकर सदस्यता निलम्बन गरेको हो।

नेप्सेले सिप्ला सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २०)को ब्रोकर सदस्यता तीन दिनका लागि निलम्बन गरेको छ।