काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ७.०६ अंकले बढेर बजार २६ सय ५४ दशमलव ३८ को बिन्दुमा बन्द भएको छ। आज कारोबार रकम समेत बढेर ७ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, २ करोड १५ लाख ८९ कित्ता शेयर किनबेच भएको छ।
आज १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी हाथवे इन्भेष्मेन्टको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४४ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, हिमालयन डिष्टिलरीको ४० करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, फस्र्ट माइक्रो फाइनान्सका लगानीकर्ताले ७.७५ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा बढी गुमाउनेमा स्नो रिभर्सका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.२३ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया