आगामी आर्थिक बर्षमा निजगढ विमानस्थलको लगानी ढाँचा टुंग्याइने : अर्थमन्त्री महत

आगामी आर्थिक बर्षमा निजगढ विमानस्थलको लगानी ढाँचा टुंग्याइने : अर्थमन्त्री महत


काठमाडाैं – अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी ढाँचा टुंग्याइने घोषणा गरेका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्‍मा प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

निजगढमा विमानस्थल बनाउने विषय दशकौंदेखि अलपत्र छ । सरकारले निजी क्षेत्रको लगानीमा सो विमानस्थल निर्माणको प्रयास गर्दै आएको छ ।

तर, निजगढमा विमानस्थल बनाउने जमिनमा सीमांकन गर्ने बाहेकको प्रगति हुन सकेको छैन । यसका साथै, पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमताका सञ्चालनको प्रयास गरिने पनि अर्थमन्त्री महतले बताए ।