विमानस्थलबाट सुन जस्तो देखिने वस्तुसहित महिला पक्राउ


काठमाडौं– सुन जस्तो देखिने वस्तुसहित भारतीय महिला पक्राउ परेकी छिन् । ३७ वर्षीया तशलिम सुलताना बुस्रालाई उक्त वस्तुसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शंकास्पद धुलो रहेको कफिको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित उनी पक्राउ परेकी हुन् ।

नेपाल एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी भन्सार कार्यालय गौचरमा पठाइनेछ ।