नेप्से ३ हजार अंक माथिः १२ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट,  १८ अर्ब ८८ करोडको कारोबार

नेप्से ३ हजार अंक माथिः १२ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट,  १८ अर्ब ८८ करोडको कारोबार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । 
सोमबार शेयर बजार बढेसँगै नेप्से परिसूचकले ३ हजार अंक पार गरेको छ । कारोबार रकम पनि उत्साहजनक रह्यो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ४२.७२ अंकले बढेको हो । १.४३ प्रतिशतले बजार बढेसँगै नेप्से परिसूचक हालसम्मकै उच्च ३०२५.८२ अंकमा पुगेको छ । साताको पहिलो दिन हिजो आइतबार हालसम्मकै उच्च बिन्दु २९८३.१० अंक पार गर्दै आज नयाँ रेकर्ड बनेको हो । 

आज २२१ कम्पनीका ३ करोड ५० लाख २७ हजार ३ सय ६३ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ८८ करोड ४० लाख ३१ ह्जार ५ सय १९ रुपियाँ बराबरको कारोबार भएको हो । हिजो आइतबार भने हालसम्मकै उच्च १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६ सय ३६ रुपियाँ बराबरको कारोबार भएको थियो ।

बजार बढेको दिन आज बैंकिङ ५२.८२, होटल १५८.०१, वित्त २४.८१, निर्जीवन बीमा ३०७.६८, उत्पादनमूलक १४१.५१, जीवन बीमा ८१.२१ र इन्भेष्टमेन्ट समूह ३.५९ अंकले बढेका छन् । बाँकी समूह राताम्मे भए । 

आज विभिन्न १२ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रो, जोशी हाइड्रो र घलेम्दी हाइड्राको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । त्यसैगरी ङ्यादी ग्रुप पावरको ९.९८ अंक, ओरियन्टल होटल्सको ९.९६ अंक, सीईडीबी हाइड्रोको ९.९६ अंक, तारागाउँ रिजेन्सी होटलको ९.९५ अंक, यूनीयन हाइड्रोको ९.८५ अंक, एचआईडीसीएलको ९.८१ अंक, सोल्टी होटलको ९.७७ अंक र हिमालयन डिस्टिलरीको ९.७० अंकले शेयर मूल्य बढेको छ । 

नेप्सेका अनुसार आज सबैभन्दा बढी माउन्टेन हाइड्रोको शेयर मूल्य ५.०१ प्रतिशतले घटेको छ । आज पनि अरुण भ्याली हाइड्रोको उच्च कारोबार भएको छ । अरुण भ्यालीको ६२ करोड ५९ लाख ९३ हजार ९ सय १७ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।