काठमाडौं –नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सस्तो लोकप्रियताका लागि काम गरिरहेको बताएका छन् । आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उन्ले थ्रि हन्ड्रेड जी जहाज किनेर १८ करोड रुपैयाँ कमिसन खाने काममा लागेको बताएका हुन् ।
उनले पर्यटनमन्त्रीले नेपाल एयरलाइन्सलाई के गर्न खोज्नुभएको हो ? भन्दै प्रश्न गरे । उनले जहाज किन्न नसक्ने अवस्था रहेको बेलामा जहाज किन्नु कति जायज हो ? भन्दै प्रश्न गरे । उनले उत्पादन नै बन्द भइसकेका जहाज ल्याएर नेपाल एयरलाइन्सलाई कहाँ पु¥याउन खोजिएको भन्ने बारेमा सरकारले गम्भीर ध्यान दिन आवश्यक रहेको बताए । आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न क्यामेरा लिएर जाने र भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने देश विकास कसरी हुनसक्छ ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘पर्यटनमन्त्री नयाँ जहाज किन्नुप¥यो भनेर हिँडिरहनुभएको छ । अब नेपाल एयरलाइन्सलाई कहाँ पु¥याउने हो ? कुन अवस्थामा लैजाने हो ?यो बारेमा सोच्नुपर्ने अवस्था आएको छ । ट्विनअटर क्यानडाबाट दुई तीन वटा किन्ने अहिले निर्णय भएको छ । झन्डै त्यो आफ्नै समितिले नेपाल एयरलाइन्सको नेपाल वायुसेवा निगमको आफ्नै समितिले ल्याउनसक्ने अवस्था छैन, ती जहाजहरु उत्पादन हुन छोडिसकेका छन्, भन्दा टेण्डर एक महिनाअघि लागू गरिएको छ । रिपोर्ट अनक्वालिफाइड भनिसकेको छ । जुन जहाजहरु अहिले उत्पादनमा छैनन्, थ्रि हन्ड्रेड जी भन्ने जहाज ल्याइँदैछ, जुन अहिले प्रोडक्शनमा छैन । त्यसमा झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा लागिएको छ । तै पनि मन्त्रीज्यु असाध्यै सुधार गर्न लागेको आश्वासन दिँदै हिँड्नुभएको छ । एउटा झाडु र क्यामेरा लिएर मन्त्रालयमा प्रवेशन गर्ने र फोटो खिचेर प्रवेश गर्ने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो सभामुख महोदय । सस्तो लोकप्रियताका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न टिभि लिएर जाने र त्यो भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने मुलुक कसरी विकास हुन्छ ।’
सांसद खतिवडाले सरकारले सुशासनको नाममा लार्के लामा जस्ता व्यक्तिलाई लुम्बिनी विकास कोषमा नियुक्ति गरेको बताउनु भयो । उनले शान्तिका दुतको क्षेत्रमा लक्करमा गोली राख्ने मानिसहरुलाई नियुक्ति गर्नु लज्जाजनक रहेको बताए। (न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया