बैंकिङ्ग समाचार ।
आइतबार नयाँ रेकर्ड बनाएर साेमबार ४५.२५ अंकले घटेकाे सेयर बजार मंगलबार पनि घटेकाे छ । मंगलबार सेयर बजार दाेहाेराे अंकले घटेकाे हाे । काराेबार रकम पनि घटेकाे छ । १४ देखि १७ अर्बसम्म काराेबार भएकाेमा मंगलबार जम्मा ८ अर्बकाे मात्र काराेबार भएकाे हाे ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ११.६८ अंकले घटेर २७७१.१५ मा पुगेकाे छ । नेप्से ०.४२ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.६९ अंकले घटेर ४९६.८६ मा पुगेको छ ।
कूल २१६ वटा कम्पनीकाे एक कराेड ९७ लाख ८३ हजार ३ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार एक सय १७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ र बाँकी १० वटा उपसमूहकाे सेयर बढेकाे छ ।
त्यसैगरी, मंगलबार नेपाल पुनर्बीमा कम्पनीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५७ कराेड ८ लाख १५ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
मंगलबार सर्वाधिक काराेबार हुने कम्पनीहरूमा क्रमश : नेपाल पुनर्बीमा कम्पनी, लुम्बिनी विकास बैंक लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, युनाइटेड माेदी हाइड्राेपावर, एशियन लाइफ इन्स्याेरेन्स, ज्याेति विकास बैंक लिमिटेड, अरूण काबेली पावर कम्पनी लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र चिलिमे जलविद्युत कम्पनी लिमिटेड रहेका छन् ।
मंगलबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश : कालिका पावर कम्पनी लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, गाेर्खाज फाइनान्स कम्पनी लिमिटेड, समिट लघुवित्त वित्तीय संस्था लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड र लक्ष्मी इक्वीटी फण्ड रहेका छन् ।
मंगलबार सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा क्रमश : दिव्यश्वरी हाइड्राेपावर कम्पनी लिमिटेड, खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेड, जाेशी हाइड्राेपावर कम्पनी लिमिटेड, आँखुखाेला जलविद्युत कम्पनी लिमिटेड, माउन्टेन हाइड्राे नेपाल लिमिटेड, घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेड, युनियन हाइड्राेपावर कम्पनी लिमिटेड, साेल्टी हाेटल लिमिटेड, सानिमा माइ हाइड्राेपावर र सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड रहेका छन् ।
प्रतिक्रिया