नयाँ उचाइमा नेप्से , १३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

नयाँ उचाइमा नेप्से , १३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।
साताको पहिलो कारोबार दिन हालसम्मकै उच्च कारोबार भएसँगै नेप्से परिसूचक नयाँ उचाइमा पुगेको छ। अर्थात यस दिन नेप्से परिसूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको छ।

आइतबार नेप्से परिसूचक १२.५४ अंक बढ्दै २८२७.९३ विन्दुमा पुगेको छ। जुन हालसम्मकै उच्च बन्द विन्दु हो। यस अघि गत साताको सोमबार नेप्से २८२३.४० विन्दुमा बन्द भएको थियो।  सेन्सेटिभ इण्डेक्स ३.३५ अंक बढेर ५०७.०५ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०६ अंक बढेको छ।

नेप्से नयाँ उचाइमा पुगेसँगै यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। यस दिन २१९ कम्पनीको १ लाख ७३ हजार ५३७ पटकको कारोबारमा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँ बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर खरिदबिक्री भएको छ। यस अघि गत साताको अन्तिम कारोबार दिन १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भइ कारोबार रकममा रेकर्ड बनाएको थियो।

नेप्सेले नयाँ उचाइ चुमेसँगै १३ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ज्योति विकास बैंक, घलेम्दी हाइड्रो, आँखुखोला जलविद्युत, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक शाइन डेभलपमेन्ट बैंक, सोल्टी होटल, आरियन्टल होटल, खानीखोला हाइड्रो, जोशी हाइड्रो लगायतका कम्पनीहरु परेका छन्।

यस दिन बरुण हाइड्रोको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत घटेको छ। त्यसैगरी, हिमालयन उर्जाको शेयरमूल्य ६.२६ प्रतिशत घटेको छ। १३ उपसमूहमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ७.३९ प्रतिशत बढेको छ। त्यसैगरी, फाइनान्स उपसमूहको परिसूचक ५.०८ प्रतिशत, होटल तथा पर्यटनको ४ प्रतिशत, म्युचुअल फण्डको ३.८७ प्रतिशत र बैंकिङ्गको १.०७ प्रतिशत बढेको छ।

अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४९ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक १.३७ प्रतिशत घटेको छ।