२ खर्बले घट्यो बजेटको आकार (पूर्णपाठ)

२ खर्बले घट्यो बजेटको आकार (पूर्णपाठ)


काठमाडौं – चालू आर्थिक वर्षको बजेट २ खर्ब २१ अर्ब रुपैयाँले घटेको छ । अर्थमन्त्रालयले सोमबार चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै बजेटटको आकार घटेको जानकारी दिएको छ।

योसँगै संशोधित बजेटको आकार १५ खर्ब ३० अर्ब कायम भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । अर्थमन्त्री महतका अनुसार बजेटको संशोधित अनुमान १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ छ । जुन, सुरु अनुमानको ८७.३७ प्रतिशत हो ।

अर्थमन्त्री महतका अनुसार चालुतर्फ विनियोजित रकमको ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८७.३९ प्रतिशत खर्च हुने संशोधित अनुमान छ । गत जेठ १५ गते सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।